प्रायजसो कुनै व्यक्ति जापानमा जागिर पाउनको लागि सुरुमा त्यो व्यक्तिले जापानमा विश्वविद्यालय (स्नातकोत्तर पाठ्यक्रम) अथवा व्यावसायिक विद्यालयको पढाइ पूरा गरेको हुनुपर्छ | तर यदि मिल्छ भने जापानी भाषा स्कूलको पढाइ पूरा गरे पछि वा त्यसमा पढिरहेको अवस्थामा पनि जागिर खोजेर अध्ययन भिसालाई कामदार भिसामा परिवर्तन गराउन सकिन्छ |

साधारणतया जापानमा जागिर पाउन जुन व्यक्तिको भिसालाई “Engineer/Specialist in Humanities/International Services Visa” मा परिवर्तन गराउन निवेदन गरिन्छ |

तपाईंको विषयमा भन्नु पर्दा जापानमा कुनै विश्वविद्यालय या व्यावसायिक विद्यालयमा नपढेकोले नेपाल अथवा अन्य मुलुकमा विश्वविद्यालयको पढाइ पूरा गरेको हुनुपर्छ | जापान बाहेक अरू देशमा भए पनि त्यहाँको विश्वविद्यालयको पढाइ पूरा गरेर स्नातक तह प्राप्त भएको छ भने शैक्षिक योग्यता हासिल गरेको मानिन्छ |

यदि सरकारले भिसा परिवर्तनको लागि निवेदनको स्वीकृति नदिए तापनि पहिलाको अध्ययन भिसा त्यसको अन्तिम मिति सम्म लागू हुन्छ | तर जापानी भाषा स्कूलको पढाइ सिद्धिएको वा बीचमा छोडेको अवस्थामा भने त्यस्तो नहुने सम्भावना भएकोले होसियार हुनुपर्छ |

निवेदन गर्ने प्रक्रिया यति जटिल हुन्छ कि त्यसमा विभिन्न कागजात तयार पार्ने, कुनै कुराको कारण खुलाउन पत्र लेख्ने जस्तो काम समावेश छ | हाम्रो अफिसले जापानी भाषा स्कूलमा पढिरहेको अवस्थादेखि अध्ययन भिसालाई कामदार भिसामा परिवर्तन गराउन निवेदन गर्दा थुप्रै सफलता प्राप्त गरेको छ | थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |

Gyoseishoshi YOKOYAMA

Tel: 03-6264-9388

邮件咨询请点击

Reference Page: